‘कुन हो मेरो देश’ वृत्तचित्र सार्वजनिक

काठमाडाैं | कात्तिक ३०, २०७९

‘कुन हो मेरो देश’ वृत्तचित्र सार्वजनिक

काठमाडौं: भुटान सरकारले निर्वासित गरेका एक नेपाली भाषी सैनिक अधिकारीको जीवनीमा आधारित वृत्तचित्र ‘कुन हो मेरो देश’ सार्वजनिक भएको छ । यो  वृत्तचित्र ऐतिहासिक व्यक्तित्व भूतपूर्व  क्याप्टेन बुद्धवीर सुब्बाको वास्तविक जीवन भोगाइको घटनामा आधारित छ । 


क्याप्टेन सुब्बाले देशको सार्वभौमिकताको लागि जीवनभर परिश्रम गरेर सबैकुरा दिए तर अन्त्यमा कसरी तत्कालीन भुटान सरकारले उहाँलाई निर्वासित गर्यो भन्ने रहस्य क्याप्टेन सुब्बा र उहाँका परिवारजनले यस वृत्तचित्रमार्फत् खोतलेका छन् । ‘फ्याम्ली प्रोडक्शन’ को निर्माणमा तयार पारिएको यो वृत्तचित्र नेपाली भाषी भुटानी शरणार्थी जीवनका बारेमा बुझ्न चाहने जोकोहीले एक पटक हेर्नुपर्ने किसिमको छ । 


बिएम खालिङको खोज र लेखन रहेको यस वृत्तचित्रमा गायक एवं सञ्चारकर्मी रविन शर्माको प्रस्तुति रहेको छ । कमल राईको छायाङ्कन र सम्पादन रहेको वृत्तचित्रलाई राजु सुब्बाको परिकल्पनामा तयार पारिएको हो । ‘असल टिभी नामक युट्युब’ च्यानलमार्फत् वृत्तचित्र सार्वजनिक गरिएको छ । वृत्तचित्र नेपाली र अङ्ग्रेजी दुवै भाषामा सार्वजनिक गरिएको जनाइएको छ ।

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्